काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका नीतिहरूलाई सही ठहर गर्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् ।
शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षीको आलोचना स्वाभाविक भए पनि त्यसमा अनावश्यक घोत्लिनु नपर्ने बताए । उनले भने, “विपक्षीले समर्थन नगर्ने अडान लिएका छन्, तर हाम्रो नीति सही छ।“
सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमको संसदीय छलफलमा मजबुत तयारीका साथ प्रस्तुत हुन उनले सांसदहरूलाई निर्देशनसमेत दिए । “बोल्दा स्पष्ट र सशक्त हुनुहोस्, चिप्लिने खालको कुरा नहोस्,“ ओलीको भनाइ थियो ।