काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको उक्त भेटमा राजनीतिक घटनाक्रम र सहकार्यका सम्भावनाबारे छलफल हुने बताइएको छ ।
साथै संक्रमणकालीन न्यायलाई टुंग्याउने र राजावादीहरूको सक्रियतालगायत विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको निजि सचीवालयले जनाएको छ ।