काठमाडौं । शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ ।
शिक्षक महासंघको टोली विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयमा पुगेको छ ।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका छन् ।
हिजो राति अवेरसम्म भएको वार्तालाई आज पनि निरन्तरता दिइएको हो । महासंघको आन्तरिक बैठक लम्बिँदा सरकारसँगको पूर्वनिर्धारित वार्तामा केही ढिलाइ भएको हो ।
वार्तामा शिक्षक महासंघका अध्यक्ष र उपाध्यक्षसहित चारजना सहभागी भएका छन् भने सरकारका तर्फबाट शिक्षामन्त्री पन्तलाई शिक्षा मन्त्रालयका सचिवले साथ दिएका छन् ।
सोमबार राति भएको वार्ता सकारात्मक भएको र आज सहमति हुने अपेक्षा गरिएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।