काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सर्लाहीको धनकौल गाउँपालिकाका वडा नं. ६ स्थित कृषि बाटो निर्माण कार्यमा गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर, वडा अध्यक्ष समेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कृषि बाटो निर्माण योजनामा मिलेमतो गरी तोकिएको सर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्य भन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाइएको हो । गलत प्रतिवेदनमा झुट्टा बिल भरपाई बनाई ७ लाख ७९ हजार भन्दा बढी रकम भुक्तानी दिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको अयोगले जनाएको छ ।
प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हाे ।