काठमाडौं । सहकारी, लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघरमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न अवस्थामा प्रदर्शन गरेकाहरुले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् थिए भने पेटिकोटमा पनि विभिन्न नारा लगेको थिए ।
सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ताहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता दिन माग गर्दै महिनौंदेखि सडक आन्दोलनमा छन् । उनीहरुका आफ्ना माग सरकारले सम्बोधन नगरेकाले अर्थनग्न प्रदर्शन गरिएको र अझै सुनुवाई नभए पुरै नांगिएर प्रदर्शन गर्न वाध्य हुने चेतावनी पनि दिएका छन् ।