काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ ।
साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । हाल गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।