काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवाहरुकै काँधमा भविष्य रहेको बताएका छन् । नेकपा एमालेको युवा संघले बिहीबार भृकुटीमण्डमा आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवाहरुलाई निराशा भन्दा पनि आशातर्फ अघि बढ्न आग्रह गरेका छन् ।
विदेशमा रहेर कमाएको रकम र सिप राष्ट्र निर्माणका लागि प्रयोग गर्न आग्रह गर्दै पोखरेलले एमालेले युवाको भविष्य सुरक्षित राख्नेगरी काम गर्न सक्ने समेत दाबी गरेका छन् ।
पोखरेलले यसपालीको बजेटमा युवाको बजेट बढ्ने समेत आश्वासन दिएका छन् ।