काठमाडौँ । आज वि.सं २०८२ वैशाख ११ गते, बिहीबार, ई.स. २०२५ अप्रिल २४, तिथि- वैशाख कृष्णपक्ष एकादशी, १०ः२३ बजेपछि द्वादशी, शतभिषा नक्षत्र, ७ः०२ बजेपछि पूर्वभाद्रपदा, ब्रह्म- योग, वालव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ५ः३३, सूर्यास्त- १८ः३३ ।
मेष : धार्मिक र आध्यात्मिक विषयमा आकर्षण बढेको अनुभूति हुनेछ । मन गम्भीर विषयहरूतर्फ आकर्षित भएको पाइनेछ । ध्यान वा एकान्तले तपाईंलाई आज मानसिक सन्तुलन दिनेछ ।
वृष : पुराना योजना परिमार्जन गरी नयाँ दृष्टिकोण अपनाउने सोच आउनेछ । आत्मविश्लेषण र गम्भीर संवादका लागि अनुकूल समय छ । एकान्तमा बिताएको समय फलदायी हुनेछ ।
मिथुन : विचारमा गहिराइ आउँनेछ र तपाईं गूढ विषयतर्फ आकर्षित हुनुहुनेछ । आत्मिक उन्नति र वैचारिक शुद्धिको चाहना जाग्ने देखिन्छ । योग र ध्यानमा केन्द्रित भई दिन बिताउनुहोला ।
कर्कट : मित्र वा सहकर्मीहरूसँग गम्भीर विषयमा विचारविमर्श हुने सम्भावना छ । मनमा अलिक द्विविधा देखिए पनि अन्ततः निर्णय लिइनेछ । आत्मिक सन्तुलनलाई प्राथमिकता दिनुहोला ।
सिंह : पेसागत कार्यमा स्थायित्व ल्याउने प्रयत्न देखिनेछ । निर्णय लिने क्षमतामा परिपक्वता देखा पर्नेछ । अनुशासन र जिम्मेवारीको बोधले तपाईंको दिन सन्तुलित बन्नेछ ।
कन्या : आध्यात्मिक तथा गूढ शिक्षामा रुचि बढ्नेछ । वैचारिक दृष्टिकोणमा परिपक्वता आएको अनुभव हुनेछ । ध्यान र अध्ययनमा केन्द्रित भएमा आत्मसन्तुष्टि प्राप्त हुनेछ ।
तुला : धन वा अन्य उत्तरदायित्वप्रति चनाखो हुनुपर्ने समय हो । ऋण, कर वा साझा सम्पत्तिसम्बन्धी निर्णय लिँदा सावधान रहनुहोला । बोल्नुभन्दा मौनतामै समाधान भेटिनेछ ।
वृश्चिक : साझेदारी र वैवाहिक सम्बन्धमा गहिरो सोच आवश्यक देखिन्छ । सम्बन्धलाई नयाँ दृष्टिकोणले मूल्यांकन गर्ने दिन हो । सहकार्यमा समर्पित हुँदा सन्तोष मिल्नेछ ।
धनु : स्वास्थ्य र मानसिक सन्तुलनमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । योग वा ध्यानमार्फत मनलाई एकाग्र राख्नुहोला । कार्यक्षेत्रमा गम्भीरता अपनाउनु पर्नेछ ।
मकर : सन्तान वा सिर्जनशीलतासँग सम्बन्धित काममा सरिक भइनेछ । प्रेम जीवनमा खट्पट देखा पर्नेछ । अनावश्यक यात्रा र फजुल खर्चको सम्भावना छ ।
कुम्भ : घरपरिवार र परम्परागत मूल्यप्रति सम्मानको भावना जागृत हुनेछ । परिवारको स्वास्थ्य र शान्तिमाथि ध्यान दिनुपर्ने छ । शरीरमा स्फूर्ति र उमंग आउनेछ ।
मीन : लेखन, अभिव्यक्ति वा अध्ययनमा आजको दिन विशेष रहनेछ । व्यवहारमा सकारात्मक रूपान्तरण हुनेछ । वाणी र लेखनीको विशेष प्रभाव देखिनेछ ।