काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गर्नु भएको हो ।
शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि सोमबार विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा एमालेले पन्तलाई मन्त्री बनाएको र उनको सपथ विहीबार ४ बजे गराउने तयारी रहेको बताइएको छ ।
एमालेका समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा श्रममन्त्री भएका थिए ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आर्ज ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका थिए । राष्ट्रपति कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ । ऊर्जाराज्यमन्त्रीको पद भने खाली छ ।