खाँदबारी । कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोलाखण्ड पहिरोले अवरुद्ध भएको छ ।
बुधबार बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए । मंगलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको लामिछानेले जानकारी दिए ।