काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।
पाथीभरा जाँदै गरेको बालेरो जिपमाथि फुङलिङ नगरपालिकाको तेर्छे भन्ने स्थानमा बिजुलीको पोल ढलेर करेन्ट लागेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।