काठमाडौँ । आज वि.सं २०८२ वैशाख ८ गते सोमबार, ई.स. २०२५ अप्रिल २१, तिथि- वैशाख कृष्णपक्ष अष्टमी, उत्तराषाढा नक्षत्र, ८ः२३ बजेपछि श्रवण, साध्य- योग, कौलव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ५ः३६, सूर्यास्त- १८ः३१ ।
मेष : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।
वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मिथुन : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
कर्कट : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
सिंह : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
कन्या : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।
तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।