काठमाडौं । सिंहदरबार भित्रै प्रदर्शन गरेपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काअध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।
सिंहदबारस्थित राप्रपाको संसदीय दलको कार्यालयबाट बाहिर निस्किएर पम्प्लेटसहित प्रदर्शनमा उत्रिएपछि अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको बताइएको छ । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र विश्र र सांसद तथा महामन्त्री धवल समशेर राणालाई पनि त्यही राखिउको छ ।