काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले सिंहदरवारभित्र प्रदर्शन गरेका छन् ।
चैत १५ गते भएको तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग राखेृर पार्टीले नयाँवानेश्वर–विजुलीबजार सडकमा प्रदर्शन गरिरहेको छ भन सांसदहरुले राप्रपा संसदीय दलको कार्यालयबाट निस्किएर अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका हुन ।
प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देन नियन्त्रणमा लिएको छ । बानेश्वरको प्रदर्शनमा सहभागी हुन जानुअघि उनीहरुले सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट प्रदर्शन थालेका थिए । सिंहदरबारभित्रै पम्पलेट प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
























