काठमाडौँ । काठमाडौँका निधेषधित क्षेत्रकेन्द्रित प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले त्यसलाई परिवर्तन गर्दै विजुलीबजार–बानेश्वर बीचमा मात्र केन्द्रित गरेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अब प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रित भएको र सबै नेता कार्यकर्ता बिजुली बजार क्षेत्रमा जम्मा भएर बानेश्वरको एभरेष्ट होटेल अगाडि धर्ना बस्ने बताए ।
यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको आफूहरुको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएका थिए ।
राप्रपाले राजसंस्था पुनस्र्थापना र गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भइ पक्राउ परेका नेताहरुको रिहाइका लागि राप्रपाले आजको प्रदर्शन आयोजना गरेको बताएको छ ।
१९ दिनदेखि जारी शिक्षक आन्दोलनमा बन्द नभएको सटरहरु आज आज राप्रपाको प्रदर्शन हुने भनेपछि बन्द गरिएका छन् ।
राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्न लागेपछि व्यवसायीहरुले आफनो पसलमा तोडफोड हुनसक्ने डरले सटर बन्द गराएको हुन् । यसअघि चैत१५ मा भएको राजावादी आन्दोलनमा तीनकुनेमा आन्दोलनकारीले व्यक्तिको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड आगजनी गरेका थिए । त्यस्तै हुने डरले बन्द गरिएको हो ।