
चितवनको नारायणगढदेखि गोन्द्राङसम्मको ६ किलोमिनेटरको ६ लेनकै सडकको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
६ किलोमिटरको ६ लेनकै उक्त सडक एसियाली मापदण्डको छ । सडक विस्तारको जिम्मा सगुन कन्स्ट्रक्सन प्रालिले पाएको थियो । निर्माण कम्पनी सगुनले २८ महिनाभित्र काम सक्ने गरी २६ असोज २०७७ मा ठेक्का सम्झौता गरेको थियो । सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको थियो ।
पहिले दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १–१ सर्भिस लेन थप गरिएको छ। ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ ।
२०७७ सालमा यो सडकको शिलान्यास त्यसबेला पनि प्रधानमन्त्री रहेका ओलीले नै गरेका थिए । मेयर पनि रेनु दाहाल नै थिइन् । तर, शिलान्यास कार्यक्रममा रेनु उपस्थित भएकी थिइनन् । तर उद्घाटनमा भने उनी प्रधानन्त्रीको स्वागतमा विमानस्थल मै पुगेकी थिइन् ।

सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस
