काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन् ।
शुक्रबार सञ्चारिका समूह नेपालको ९औँ महाधिवेशनमा उनले सामाजिक सञ्जाल नियमनका लागि कानुन ल्याइएको र बाँकी केही दिनभित्र दर्ता नभए कारबाही हुने स्पष्ट पारे ।
त्यस्तै, मन्त्री गुरुङले चैत १५ गते राजावादी आन्दोलनलाई प्रतिगामी र संविधानविपरीतको भन्दै संलग्नहरूमाथि कानुनी कारबाही हुने बताएका छन् ।