काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको छ ।
जसअनुसार पेट्राेल पहिलाे वर्गमा १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ ।
अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुनेछ ।