काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा अनुसार काम हुन नसकेको बताएका हुन ।
जनताको अपेक्षा र देशको आवश्यकता अनुसार कंकडको स्पिड चाहिएको तर सरकार ट्याक्टरको स्पिडमा रहेको बताएका छन् । महामन्त्री थापाले युद्धस्तरमा काम गर्नुपर्ने भएपनि नेतृत्व तहबाट काम हुन नसकेको आरोप लगाएका छन् ।
सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएको बताउँदै महामन्त्री थापाले राजनीतिक विकल्प खोज्ने अवस्था भने नरहेको बताएका छन् ।