काठमाडौँ । आज वि.सं २०८१ चैत २९ गते शुक्रबार, ई.स. २०२५ अप्रिल ११, तिथि- चैत शुक्लपक्ष चतुर्दशी, उत्तरफाल्गुनी- नक्षत्र, १५ः२२ बजेपछि हस्त, ध्रुव- योग, गर- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः४६, सूर्यास्त- १८ः२६ ।
मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।
वृष : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
मिथुन : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।
कर्कट : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।
सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कन्या : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
तुला : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
वृश्चिक : कार्यबोझले शारीरिक थकान बढ्नेछ ।
धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मकर : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।