काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा मात्र १ खर्ब ५१ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल आइपुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको ८ महिनामा कुल रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा विप्रेषण ६.९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड पुगेको छ । नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर हुँदा रेमिट्यान्सको वृद्धिदर नेपाली मुद्रामा बढी देखिएको छ ।
वैदेशिक रोजगारीका लागि नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्म ३ लाख १७ हजार ६८ नेपालीले अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् भने २ लाख १७ हजार ४०३ नेपालीले पुनः श्रम स्वीकृति लिएका छन् ।
यो अवधिमा कुल रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेर अर्थतन्त्रको महत्त्वपूर्ण अंश बन्न पुगेको छ ।