काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा पुनः फर्कने कुरा उचित नभएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले दुवै पद सक्रिय राजनीतिभन्दा बाहिर भएकोले यसैको सम्मान हुनुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले सक्रिय राजनीतिबाट बिदा हुनुपर्ने भएकै कारणले आफूले राष्ट्रपति पद स्वीकार नगरेको दावी गर्दै पूर्वराष्ट्रपति÷उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने बताएका छन् ।
भारतले नेपालमा राजसंस्था पुनर्स्थापना प्रयासमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेको बताउँदै नेता नेपालले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि त्यसबारे प्रस्ट पारेको बताएका छन् ।