काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोडका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने बताए । ओलीले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएकोउल्लेख गरे । प्रधानमन्त्री ओलीले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन आह्वान समेत गरेका छन् ।
शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको ओलीको भनाइ छ ।प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकारसमक्ष आफ्ना माग राख्ने अधिकार भएपनि अनावश्यक आन्दोलन उचित नभएको बताए ।