काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि गर्ने आमसभा बल्खु चोकमा हुने भएको छ । जिल्ला प्रशासन काठमाडौंले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपको सट्टामा बल्खु वा सिफलमा आमसभा गर्न भनेको थियो । राप्रपाले बल्खु रोजेको छ ।
चैत २२ गते राप्रपाले भृकुटीमण्डपमा सभा गर्नका लागि अनुमति मागेको थियो । तर प्रशासनले नदिएपछि राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारको रवैया भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ। प्रशासनले सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौं– हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।”