काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति दुःख व्यक्त व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले रिसालको निधनको खबरले मर्माहत बनाएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् । साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
गत फागुन २१ गते रिसालसँग भएको भेटको तस्बिर सहित पोष्ट गर्दै प्रधानमन्त्री ओलीले सोही भेट नै अन्तिम हुन पुगेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन् “हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार दिवंगत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
























