काठमाडौँ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो। यसको धक्का जाजरकोटसहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ। हालसम्म क्षतिको विवरण आइनसकेको केन्द्रले जनाएको छ।
यसअघि बिहीबार दार्चुलामा भूकम्प गएको थियो। उक्त भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो भने तीव्रता ४ म्याग्निच्युड मापन गरिएको थियो।
नेपाल भूकम्पीय संवेदनशील क्षेत्र भएकाले पटक–पटक साना–ठूला भूकम्पका झट्का महसुस भइरहने गरेको छ। विज्ञहरूले सधैँ सतर्क रहन आग्रह गरेका छन्।




















