जनकपुर । जनकपुरधाममा श्रद्धा, भक्ति एवं धार्मिक सहिष्णुताको मनाइँदै आएको चैती छठ पर्व आज उदाउदो सु्र्यलाई अर्घ दिएसँगै सकिएको छ ।
चैती छठको मुख्यदिन बिहीबार ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएका थिए । ब्रतालुहरुले आज बिहान उदाउदो सुर्यलाई अर्घ दिएर छठ समापन गरेका हुन् ।
भक्तजनहरू केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला लगायत विभिन्न फलफूल लिएर सूर्यलाई अर्घ अर्पण गर्ने गर्छन् । यो पर्व कात्तिक र चैत महिनामा गरी वर्षमा दुईपटक जनकपुरधाम क्षेत्रमा मनाइने परम्परा रही आएको छ ।
छठ पर्व मनाउँदा दुःख क्लेसबाट मुक्ति पाइने, सन्तान प्राप्ति हुने, चर्मरोग निको हुने, तथा पारिवारिक सुख—शान्ति कायम रहने विश्वास गरिन्छ ।



















