काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको पार्थिव शरीर आज हेलिकप्टरमार्फत उनको गृहजिल्ला भैरहवा लगिने भएको छ । पटकपटक मन्त्री बनेका बोहराको ७६ वर्षको उमेरमा मंगलबार बिहान उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बोहोराको शव आज हेलिकप्टरमा भैरहवा लगिनेछ। त्यहाँ जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शव आजै काठमाडौँ ल्याइनेछ । भोलि पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ।
२०७७ सालदेखि विरामी बोहोराले नबोली चुनाव जितेका थिए भने संसदमा कुरा राख्दा पार्टीका सांसद मार्फत राख्ने गरेका थिए ।