काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ।
राप्रपाका महामन्त्रीसमेत रहेका राणाको नेतृत्वमा रहेको ‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ को प्रदर्शन उग्र भएपछि हिजो प्रहरीले उनलाई पक्राउ गरेको थियो।
सांसद राणा पक्राउ परेको सूचना सोही दिन संसद सचिवालयमा पुगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
प्रतिनिधिसभा नियमावलीअनुसार सांसद पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले प्रतिनिधि सभाको बैठकमा जानकारी गराउने प्रावधान छ।
यसअनुसार, सभामुखले आइतबार बिहान ११ बजे बस्ने बैठकमा सांसद राणाको पक्राउबारे जानकारी गराउनेछन् ।