काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । वैठक संचालनका लागि विपक्षी दलहरू सहमत नभएपछि शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा त्यसको चित्त बुझ्दो जवाफ दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ दिन आवश्यक नभएको सार्वजनिक कार्यक्रममा बताइसकेका छन् भने विपक्षी माओवादी, रास्वपा, राप्रपालगायतका दलले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् ।
सभामुख देवराज घिमिरेले बिहान ११ बजे बोलाएको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा पनि दुवै पक्ष आ–आफ्नो अडानमा टसमस नगरेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।