काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
यसअघिको कार्यकालमा सरकारले पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । तर, ४ वर्षसम्म उनको रिटमा सर्वोच्चले फैसला गरेको थिएन ।
त्यसैले २०७८ भदौ १ गते आफूले सर्वोच्च अदालतमा हालेको रिट निवेदनको विषय छिट्टै टुंग्याइदिन भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको शाक्य बताउँछन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेर कुलमान घिसिङलाई बर्खास्त गरेको थियो । सरकारको उक्त निर्णयको बदरको माग गर्दै घिसिङ पनि आजै सर्वोच्च पुगेका छन् ।