सुनसरी । इटहरी चोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी साढे ६ घण्टा पछि नियन्त्रणमा आएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार बिहान साढे ९ बजेदेखि भएको आगलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
प्लाजाको चौथो तलामा आगलागी भएको थियो । सोही प्लाजाको सातौं तलामा फसेका ३ महिला र ८ जना पुरुष गरी ११ जनाको उद्धार हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
उद्धारमा खटिएका नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएको मिश्रले बताएका छन् ।