काठमाडौं । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छ ।
समसामयिक राजनीतिको विषयमा छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरूको उपस्थित रहेको बताइएको छ ।
वैठकमा भूमिसम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ । यसअघि सरकारले ६ वटा अध्यादेश सदनमा पेस गर्दा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेश यथास्थितिमा समर्थन गर्न नसक्ने बताएका थिए ।
हिजोको बैठकमा प्रधानमन्त्री ओलीले भूमि सम्बन्धी अध्यादेशमा जसपा नेपाल र लोसपाको केके विषयमा आपत्ति हो र त्यसलाई कसरी सच्याउन सकिन्छ भनेर नेताहरूसँग राय मागेको एक नेताले बताएका छन् ।