काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् ।
घिसिङलाई हटाउनुको चित्त बुझ्दो कारण दिन उनीहरुले सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रलगायत विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन् ।
बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका माओवादी सांसद शक्ति बस्नेतले घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिने उद्देश्यमा आधारित रहेको आरोप लगाएका छन् ।
प्रतिपक्षी दलहरुको मागमा संसदको ध्यानाकर्षण भएको बताउँदै संसद संचालनका लागि सहयोग गर्न सभामुखले पटकपटक आग्रह गरिरहेका छन् । तर प्रतिपक्षी दलहरुले अवरोध कायम राखेका छन् ।