काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन काखा कोर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलन मुल आयोजक समितिको बैठक बसेको छ । धुम्बाराहीको एक पार्टी प्यालेसमा आन्दोलन समितिका संयोजक समेत रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बैठकमा राप्रपाका सबै शीर्ष नेताहरु उपस्थित रहेको बताइएको छ ।
राप्रपाको आन्दोलन मुल आयोजक समितिमा पार्टीका सबै केन्द्रीय सदस्य, सांसदहरु, प्रदेश तथा जिल्ला सभापतिहरु, भातृ संगठनका अध्यक्षहरु रहेका छन् । चैत ५ गतेको कार्यसम्पादन समितिका अध्यक्ष लिङ्देनले आन्दोलनको संयोजक आफैले गर्ने निर्णय गराएका थिए ।
पार्टीका वरिष्ठ नेताद्वय पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशम्शेर राणालगायतका नेताहरु नवराज सुवेदी नेतृत्वको आन्दोलन समितिमा पनि छन् ।