काठमाडौं । नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ ।
विराटनगरमा जारी महाधिवेशनका क्रममा प्रतिस्पर्धामा जान नदिई नयाँ नेतृत्व घोषणा गरिएको हो । निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो ।
चौतारीको महासचिवमा हिरामान लामा दोहोरिएका छन् । उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारीलाई बनाइएको छ ।
त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।