काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि नै विभागीय मन्त्री दीपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए । उक्त प्रस्तावमाथि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
यसअघि सरकारले घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेको थियो । कुलमानले आफूलाई लगाइएका सबै आरोपहरू मनोगत भएको जवाफ दिएका थिए ।
घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
यसैबीच सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो ।