काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको बैठक केहीबेर अघि सुरू भएको हो ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।
उनीहरुबीच संक्रमणकालीन न्यायलगायत पछिल्लो समय देखिएको राजावादीको सक्रियतालगायतका विषयमा छलफल हुने बताइएको छ।
यस बैठकअघि आजै अध्यक्षा प्रचण्ड शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

























