काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फेरि स्थगित गरेको छ ।
गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते रौतहटमा पुगेर पुगेर स्थगित भएको थियो । बिहीबार बाराबाट पुनः सुरु भएको अभियान चितवन आइपुगेपछि पाँच दिनका लागि फेरि स्थगित भएको हो ।
माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको बताइएको छ । अभियान यही चैत १६ गतेबाट नवलपुरबाट पुनः अघि बढ्ने नेताहरुले बताएका छन् ।
अभियान अन्तर्गतका कुनै पनि कार्यक्रम आज नभए पनि अहिले माओवादी अध्यक्ष प्रचण्ड चितवनमै रहेको र आज साँझ काठमाडौँ आइपुग्ने बताइएको छ ।
आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता तय भएको छ ।