काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक व्यक्ति नभएको र राजतन्त्र फर्किने कुनै सम्भावना पनि नरहेको बताएका छन् ।
पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पूर्वराजालाई राजनीति नै गर्न मन भए पार्टी खोल्न वा राप्रपाले पार्टी सभापति बनाए हुने सुझाव दिएका छन् ।
पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुस्ख पाउने देउवाको टिप्पणी छ ।
सभापति देउवाले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला नभएको भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।