काठमाडौँ । आज वि.सं २०८१ चैत ६ गते बुधबार, ई.स. २०२५ मार्च १९, तिथि- चैत कृष्णपक्ष पञ्चमी, विशाखा- नक्षत्र, १८ः०८ बजेपछि अनुराधा, हर्षण- योग, कौलव- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः११, सूर्यास्त- १८ः१४ ।
मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।
वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
मिथुन : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।
कर्कट : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।
सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।
कन्या : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
तुला : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।
वृश्चिक : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।
मकर : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।
मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।