काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री कार्यालयका अनुसार सोमबार प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरिएको हो। उनले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।