काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिदै उनले यस्तो बताएका हुन् । शर्माले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताए ।
उनले भ्रष्टाचारमा संलग्न भएका राजनीतिक नेतृत्वको सम्पती छानविन गरेर राष्ट्रियकरण गर्नुपर्ने भन्दै संवैधानिक आयोगहरुले गर्ने काम कारबाही पारदर्शी हुनुपर्ने बताए । ।
उपमहासचिव शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्नसक्ने साशन प्रणाली र संस्कारको आवश्यक भएको उल्लेख गरे । कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ ।