काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० अंकमा अडिएको छ। यसदिन ३१५ स्क्रिप्सको २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँमा खरिदबिक्री भयो।
नेप्से परिसूचक घटे तापनि गार्डियन, आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर, भुगोल इनर्जीको सेयर सेयर सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १ अर्ब १२ करोड ४८ लाख बढीको सेयर कारोबार भयो। आज सबै समूहका सूचक घटेको छ। गत हप्ता आइतबार नेप्से परिसूचक बढेको भए तापनि त्यसपछि लगातार घटिरहेको छ।

























