काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ ।
बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बैठक बोलाइएको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी नियमन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने छन् ।
यस्तै, संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । बैठक दिउसो सवा १ बजे सुरु हुनेछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ ।
यसैगरी बैठकमा सरकारले ल्याएका पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

























