विराटनगर । मोरङको पथरीशनिश्चरेमा युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेहरुमा मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा हुन् । उनीहरु दुवै विवाहित रहेको बताइएको छ । युवतीको विवाह मोरङको कटरी गाँउपालिकामा भएको थियो । जुबामुनीका पति कान्छा टुडू रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा रहेको र अजयको घरमा पत्नी र २ जना छोरा छन् । उनीहरु विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























