काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सल्लाहकार परिषद्को काठमाडौ पुरक बैठक आइतबार काठमाडौमा भब्यताका साथ सम्पन्न भयो।
सल्लाहकार पतिषदक अध्यक्ष क अमृतकुमार बोहराको अध्यक्षतामा संचालित कार्यक्रममा नेकपा(एमाले) को बर्तमान कार्यक्रममा सल्लाहकार परिषदको भुमिकाको बारेमा प्रशिक्षण दिईएको थियो । बर्तमान अन्तर्राष्ट्रिय अबस्थामा देखा परेको चुनौती, अबसर र सम्भावनाको बारेमा पार्टीको नेता परराष्ट्रबिद डा राजन भट्टराई ले प्रवचन दिएका थिए ।
उपस्थित सहभागीहरुको परिचय कार्यक्र्मबाट प्रारम्भ भएको बैठकमा बिश्वमा देखापरेको ध्रुवीकरण,अमेरिकी नीति,युरोपियन नीति र युक्रेन युद्धमा देखा परेको स्थित, प्यालेस्टाइन युद्धको साथै ए आई लगायत सूचना प्रबिधिमा अमेरिकी र चीनिया प्रतिष्पर्धा बारेमा चर्चा भयो।
कुनैपनी राजनीतिक ब्यवस्था जनतामा निर्भर गर्छ। जनतामा आधारित महान अक्टोबर क्रान्ति महान लेनिनको अगुवाई मा सोभियत संघको स्थपना भयो। तर जब लेनिनवादी सिद्धान्त अनुसार जनबादी केन्द्रियताले काम गरेन अर्थात जनतालाइ बेवास्ता गरियो,नेताले एकल निर्णय गरेर जब हुकुमी शासन लागू गरियो,तब जनतामा उकुसमुकुस भयो।सोभियत संघ ढल्यो ।
अहिले बिश्वमा ठैलीशही पुंजीबादको दबदवाछ।त्यसैले विश्व अर्थतन्त्र पनि सोही अनुसार चलेकोछ। त्यसबारे हामीले बुझ्नु आबश्यकछ। कार्यक्रममा सहभागी सल्लाहकारहरुले आफुलाई लागेको बिषयमा गुनासोको साथै पार्टीले निभाउनु पर्ने भुमिकाको बारेमा सल्लाह सुझाव राखेकस थिए। पार्टीको केन्द्र देखि तल जरा सम्म पार्टीको नीति लागू गर्दा अपनाउनु पर्ने संरचनामा समन्वय र सहयोग हुनुपर्ने बारेमा नेकपा काठमाडौ जिल्ला अध्यक्ष दीपक निरौलाले आफ्नो बिचार राखेका थिए ।
गोबिन्द नेपालबाट संचालन भएको कार्यक्रमको अन्तमा अध्यक्ष अमृतकुमार बोहराले बैठकमा महत्त्वपूर्ण सल्लाह प्राप्त भएकोमा सल्लाहरुलाइ र ब्यवस्थापन को लागि काठमाडौ जिल्ला समितिलाई धन्यवाद ब्यक्त गर्नु हुँदै गोर्वाचोभ शीत भएको कुराको चर्चा गर्दै भने- “ठीक समयमा सोभियत नेताहरूले आफुलाई, पार्टीलाई र देशको ब्यवस्था र अबस्थामा सुधार नगर्दा गोर्वाचोभको ग्लासनोस पेरिटोस्का लागू गर्न खोज्दा ढिलो भैसकेको र उकुसमुकुसमा रहेका सोभियत संघका जनताले सोभियत को प्रगतिलाई पनि बेवास्ता गरे र सोभियत संघ ढ्ल्यो। त्यो सोभियत संघका तत्कालीन नेताहरूको निरंकुशता र अदुरदर्दितापुर्ण शोच र ब्यवहारको परिणाम हो। प्रत्येक देश्का कम्युनिस्टले सिक्नुपर्छ । चीनमा कुनैपनी बिषयमा पार्टीमा र जनस्तरमा ब्यपक छ्लफल हुन्छ। त्यसैले चीनको अबस्थामा त्यस्तो अबस्था आएन।
अमेरिका शीत प्रतिस्पर्धामा उत्रिए र जित्न अघि बढेकोछ।यो महत्त्वपूर्ण बिषयहो । हामीले हाम्रो देशको सुख समृद्धिको लागि पार्टीको नीति अनुसार मिसन ८४को अभियान सफल पार्न सक्नुपर्छ भन्ने मन्तव्य का साथ अध्यक्ष बोहराले बैठक समापनको घोषणा गरे ।




















