
काठमाडौं । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विपद् व्यवस्थापनसँग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकायहरुको सहभागितामा तीन दिने केन्द्रीयस्तरको एकीकृत अभ्यास, अभ्यास हातेमालोको सातौँ संस्करण आइतबारबाट शुरु भएको छ ।
जङ्गी अड्डामा सुरु कार्यक्रमको उद्घाटन श्री युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले गरेका हुन ।
नेपाली सेनाको अगुवाइमा राष्ट्रियस्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भई रहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायहरू बिच समन्वय तथा सहकार्यको क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले २०७५ सालबाट वार्षिक रूपमा अभ्यास हातेमालो सञ्चालन हुँदै आई रहेको छ ।
उद्घाटन कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय लगायत सरकारी निकायका प्रतिनिधि, रेडक्रस तथा गैर सरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
























