काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । शुक्रबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् ।
पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल गर्न वैठक बोलाइएको बताइएको छ ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।
सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न सकेको छैन । गत साता नै सत्तापक्षको बैठक बसेर अगाडि बढाउने तयारी गरेको थियो । तर राष्ट्रियसभामा निर्णायक जसपा नेपालले ६ वटा अध्यादेशमध्ये भूमि अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि सरकार अफ्ठेरोमा परेको छ ।
अध्यादेशबारेको निर्णय पुर्नविचार गर्नको लागि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवलाई आग्रह गरिरहेका छन् भने जसपा नेपालले अध्यादेशबारे छलफल गर्न केन्द्रीय समितिको वैठक बोलाएको छ । यही फागुन फागुन १८, १९ र २० गते बस्ने जसपाको वैठकको निर्णय प्रतिपक्षाको विषय बनेको छ ।