काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पताल भर्ना भएकी छन् । मन्त्री भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पताल महराजगन्जमा उपचार गराइरहेकी छन् । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि अस्पताल गएकी थिइन् । उनको घाँटीमा फोका आएर सुन्निएको सचिवालयले जनाएको छ ।
शिक्षामन्त्री भट्टराईलाई शिक्षण अस्पतालको एनेक्स भवनको ६०२ नम्बर बेडमा राखिएको सचिवालयले जनाएको छ ।
सुरुको समस्या देखिएको ईएनटीको सुधार हुँदै गएको छ । क्षयरोग पनि हुनसक्ने शंकामा थप परीक्षण गरिएको थियो । क्षयरोगको रिपोर्ट नेगेटिभ आइसकेको बताइएको छ ।
आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर शिक्षामन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उनको भोकल कर्डमा समस्या भएकाले डाक्टरले एक हप्ता नबोलेर रेष्ट गर्न भनेको मन्त्रीको सचिवालयले जनाएको ।